२०८१ फाल्गुन ७ बुधबार

भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरूषको मृत्यु ‼️

भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरूषको मृत्यु भएको छ।

बुधबार मध्यपुरथिमी नगरपालिका-१ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनी गएराति साढे ९ बजे लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरूष मल्लले सञ्चालन गरेको इन्क ट्याटुमा ट्याटु खोपाउन गएका थिए। उनी त्यहाँ पुग्दा अरू ग्राहकहरूले पनि ट्याटु खोपिरहेका थिए। अरूले नै ट्याटु खोपिरहेको हुँदा उनी त्यहाँ पालो कुरिरहेका थिए।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार ट्याटु सञ्चालक आरूष र खड्काबीच सामान्य चिनजान पनि थियो।

‘रातितिर ट्याटु खोपाउन भनेर गएका थिए। त्यहाँ अरू पनि ट्याटु हानिरहेका थिए,’ पाण्डेले भने, ‘खड्काको पालो आइसकेको थिएन। उनी कुर्दाकुर्दै बेहोस भएका रहेछन्।’बेहोस भएपछि आरूषले तत्कालै नजिकै रहेका खड्काको परिवारलाई सम्पर्क गरेको पाण्डेले बताए।

त्यसपछि खड्कालाई तत्कालै केएमसी अस्पताल सिनामंगलमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मध्यराति सवा १२ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

२०७८ पुष २९, बिहीबार प्रकाशित 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।