२०८१ बैशाख ८ शनिबार

सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’

सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’
भक्तपुर।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षकः एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो। कार्यक्रम अनुसार विद्यालयका शिक्षकहरुले ल्यापटप पाएका छन्।

विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिए। उनले अहिलेको समय अनुसारको पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकहरुलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिए।

‘अहिलेको समय अनुसार सूचना प्रविधिको मार्फत् शिक्षण क्रियाकलाप चलाउन हामीले यो ल्यापटपको आवश्यकता महसुस गरेका थियौं’, उनले भने, ‘ त्यो आवश्यकता पूरा गर्नका लागि वडाध्यक्षज्यूले पहल गर्नुभयो, समाजसेवी तथा व्यवसायीहरुको सहयोग मिल्यो, केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोर्यौं।’

उक्त सहयोगबाट शिक्षकहरु खुसी भएको उनको भनाइ छ। वडाध्यक्ष एवं सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीको समयमा भौतिक पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकहरुलाई ल्यापटप दिइएको जानकारी दिए।

२०७८ पुष ३०, शुक्रबार प्रकाशित 0 Minutes 457 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार