२०८१ माघ २७ आईतवार

यस्तो छ चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का

३० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको यो पहिलोपटक हो ।
नयाँ सिक्कामा नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेका छन् ।
सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।
सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । आठ थोप्ला सहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन् ।

२०७८ पुष ३०, शुक्रबार प्रकाशित 1 Minute 322 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।