२०८१ माघ १३ आईतवार

अस्ट्रेलियाद्वारा दोस्रो पटक जोकोभिचको भिसा रद्द!

काठमाडौँ — अस्ट्रेलिया सरकारले दोस्रो पटक टेनिस स्टार नोभाक जोकोभिचको भिसा रद्द गरेको छ । आप्रवासन मन्त्री एलेक्स हकले व्यक्तिगत अधिकार प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेका हुन् ।
मन्त्री हकको निर्णयसँगै सोमबारदेखि सुरु हुने १०औं अस्ट्रेलियन ओपन टेनिसमा सहभागी नहुने सम्भावना बढेको छ । यदि जोकोभिच मन्त्रीको निर्णयविरुद्ध अदालत गएनन् भने उनले तुरुन्तै अस्ट्रेलिया छोड्नुपर्नेछ । जोकोभिचले कोरोना भाइरसविरुद्धको खोप नलगाएको बताइएको छ ।
मन्त्री हकले आप्रवास ऐनको धारा १३३सी(३) बमोजिम स्वास्थ्यमा आधार रहेर जोकोभिचको भिसा रद्द गरेको बताएका छन् । यसअघि जनवरी १० मा संघीय अदालतले जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णय खारेज गरेको थियो ।

मन्त्री हकले अस्ट्रेलियन बोर्डर फोर्स र जोकोभिचले उपलब्ध गराएको सूचनाका आधारमा निर्णय लिएको दाबी गरेका छन् ।

२०७८ पुष ३०, शुक्रबार प्रकाशित 0 Minutes 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।