२०८१ बैशाख १२ बुधबार

सैनामैनामा सञ्चालित महिला विद्यालयका आमा विद्यार्थीहरू हातमा कापी-किताब बोक्दै

Appreciable Work By Sainamaina Municipality of Rupandehi🙏सैनामैनामा सञ्चालित महिला विद्यालयका आमा विद्यार्थीहरू हातमा कापी-किताब बोक्दै ❣️

रुपन्देहीको सैनामैना नगरपालिका-६ पटनामा महिला विद्यालय सञ्चालन भएको छ । विभिन्न कारणले बाल्यकालमा विद्यालय जान नपाएका र बीचमै पढाइ छाडेका महिलाको विद्यालय शिक्षा पूरा गराउन विद्यालय खोलिएको हो । गाउँमै महिला विद्यालय खुलेपछि पढ्ने रहर भएका धेरै आमाहरू विद्यालय जान पाएका छन् ।

मेची-महाकाली बुहारी संयुक्त आवाजले विद्यालय व्यवस्थापन गरेको छ । उसले नै नगरपालिकाभित्र पढ्न नपाएका महिलाको सूची तयार पार्ने र विद्यालय आउन परामर्श गरेको छ । उनीहरूमध्ये धेरै साक्षर कक्षाबाट अक्षर चिनेका महिला हुन् । कोही बिचमै पढाइ छाड्ने महिला पनि छन् ।

विद्यालयमा अहिले २५ जना महिला अध्ययनरत छन् । धेरैजसो आमा बनेका विद्यार्थी छन् । कोही हजुरआमा बनेका छन् । आमाहरूको काँधमा घरव्यवहार चलाउने जिम्मेवारी छ । तैपनि जसोतसो समय निकालेर पढ्न गएका छन् ।

२०७८ पुष ३०, शुक्रबार प्रकाशित 1 Minute 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार