२०८१ बैशाख ८ शनिबार

२९ वटा डमरुलाई जन्म दिने ‘कलरवाली’ को मृत्यु!!

संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ को मृत्यु भएको छ । भारतको मध्य प्रदेशस्थित पेन्च टाइगर रिजर्भको यो बघिनी १७ वर्षको उमेरमा प्राकृतिक कारणले मृत्यु भएको हो ।


यो बघिनीले आफ्नो जीवनकालमा २९ वटा डमरुको जन्म दिएकी थिई। बाघको संख्या वृद्धिमा ठूलो योगदान पुर्‍याएकी यो बघिनीलाई ‘सुपर-मम’ को ट्याग दिइएको थियो।


सन् २००८ देखि २०१८ सम्म यो बघिनीले ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी रिजर्भका अधिकारीहरुले जनाएका छन्। शनिबार मृत्यु भएको यो बघिनीलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि सयौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए। बघिनी अन्तिम पटक जनवरी १४ मा देखिएकी थिई। टाइगर रिजर्भले बघिनीको मृत्यु शनिबार साँझ ६:१५मा रहेको जनाएको छ।

२०७८ माघ ३, सोमबार प्रकाशित 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार