
धनुषा – प्रदेशको नाम र राजधानी तोक्न सफल भएको खुशीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।
सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
संघीय संरचना गएपछि नेपालका सात प्रदेश मध्ये अब प्रदेश १ ले मात्रै आफ्नो नाम र राजधानी तोक्न बाँकी छ ।