२०८० आश्विन १७ बुधबार

अवैध सुन सहित २ जना मानिस पक्राउ !!

अवैध सुन सहित २ जना मानिस पक्राउ

कास्की जिल्लामा अवैध रूपमा सुनको ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०७८/१०/०१ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोक स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार जिल्ला बाग्लुङ बा. न.पा. वडा नं.७ बस्ने वर्ष २० को अम्मर विश्वकर्माको साथबाट अवैध सुनको सिक्री ३ थान तौल गर्दा २० तोला ४३ लाल ८ प्वाईन्ट (२३८.४४ ग्राम) फेला पारेको र त्यसै गरी मिति २०७८।१०।०३ गते सोही स्थानमा काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको माईक्रोबसमा सवार जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं.२ घर भएका वर्ष २९ का अंकित सुनारको साथबाट अवैध सुनका गरगहना (सिक्री ५ थान, औँठी १ थान र रिङ १ जोर) तत्काल तौल गर्दा २१ तोला ९० लाल ३ प्वाईन्ट (२५५.४७ ग्राम) सहित फेला पारेकोले बरामद गरी निजहरूलाई पक्राउ गरी अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको । जम्मा बरामद अवैध सुन ४९३.९१ ग्राम (बजार मूल्य रु.३८,९७,५४२।– )
जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

२०७८ माघ ५, बुधबार प्रकाशित 0 Minutes 233 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।