२०८१ माघ १३ आईतवार

तीन राजनीतिक दलको दर्ता खारेज॥

७ माघ, काठमाडौं । निर्वाचन आयोगले तीन राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषदको दर्ता खारेज गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यी तीन दलले लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका थिएनन् । प्रतिवेदन नबुझाएपछि गत साउन २० गते सार्वजनिक सूचना गरेर आयोगले ३० दिन भित्र २० हजार रुपैयाँ जरिवाना बुझाउन भनेको थियो । जरिवाना पनि नबुझाएपछि दल दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।
नेपाल युवा किसान पार्टी २०७३ मंसिर ३० गते, ३३ दलीय मोर्चा २०७४ असार २८ गते र नेपाल शान्ति क्षेत्र परिषद २०७४ असार ३० गते आयोगमा दर्ता भएका थिए ।

२०७८ माघ ७, शुक्रबार प्रकाशित 0 Minutes 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।