२०८० आश्विन १० बुधबार

प्रचण्ड पत्नीलाई कोरोना संक्रमण, अस्पताल भर्ना !

काठमाडौँ– नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ।

दाहाललाई शनिबार राति अस्पताल लगिएको हो। लामो समयदेखि अस्वस्थ ६६ वर्षे दाहालमा निमोनियाकाे लक्षण देखिएको र अहिले कोरोना भाइरस संक्रमणपछि अस्पताल भर्ना गरिएकाे हाे। प्रचण्ड भने संक्रमण मुक्त भइसकेका छन्।

२०७८ माघ ९, आईतवार प्रकाशित 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।