२०८१ चैत्र ८ शुक्रबार

विश्वका १ सय ७१ देशमा फैलियो ओमिक्रोन भेरियन्ट!!

विश्वका १ सय ७१ देशमा काेराेना भाइरसकाे ओमिक्रोन भेरियन्ट फैलिएकाे पाइएकाे छ । 
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले  याे भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेकाे जनाएकाे हाे । 
यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन भेरियन्टकोे सङ्क्रमण भएको पाइएको छ ।
डब्ल्यूएचओको नयाँ रिपोर्टअनुसार यसअघि सङ्क्रमित भइसकेकाहरुलाई ओमिक्रोनको पनि सङ्क्रमण भएको पाइएको हो ।  
ओमिक्रोनबाट गम्भीर बिरामी हुने खतरा कम भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई भने यसको नराम्रो असर पर्ने र ज्यान समेत जान सक्ने खतरा रहेको  डब्ल्यूएचओले जनाएको छ ।
यसैबीच, सङ्क्रमण फैलिँदै गएपछि चीनको फेङ्गताइ जिल्लामा सिल गरिएको छ। यो जिल्लालाई अत्यधिक जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ । २० लाख जनसङ्ख्या रहेको यो जिल्लाका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई जिल्ला बाहिर निस्कन रोक लगाइएको छ । 

२०७८ माघ १०, सोमबार प्रकाशित 0 Minutes 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार