२०८१ चैत्र ८ शुक्रबार

टाउको दुखेको छ? रुघाखोकी लागेको छ? यस्ता कुरामा विशेष ध्यान दिनुहोस् ।

कुन प्रकारको समस्या हो ,अनि मात्र चेक गरौं ,सामान्य समस्यालाइ प्राथमिक उपचार बाट निको बनाउन सकिन्छ।।

अहिले चलिरहेको जटिल महामारी हो। ओमिक्रोन र रुघाखोकीलाइ लक्षणको आधारमा फरक छुट्याएर बुझ्न मिल्दैन । यसलाई चिकित्सकले विशेष निगरानी र अनुभवका आधारमा अलि अलि फरक छुट्याउन सकेपनि कुनै यस्तो मापदण्ड छैन।जसका आधारमा यो रुघाखोकी हो वा ओमिक्रोन भनेर छुट्याउन सकियोस् । सामान्य लक्षण देखिने बित्तिकै चेक गराउनु आवश्यक छैन । यदि चेक गराएर ओमिक्रोन पोजिटिभ भयो भनेर आत्तिनु पनि पर्दैन ।लक्षणको आधारमा स्टेथेस्कोप लगाएर जाचेकै आधारमा ओमिक्रोन र रुघाखोकी छुट्याउन नसकिने भएकाले श्वास फुलेको श्वासको गति बढेको जस्तो लागेमा जाच गर्न जानुपर्छ । एउटा वयस्क मान्छेको श्वासको गति २० भन्दा बढी भएको खण्डमा,जीउ ,हात गलेर उठनै नसक्ने भए ज्वरो नआएको अवस्थामा मुटुको धडकन १ सय भन्दा बढी भए जुन आफैले पनि नाप्न सकिन्छ । एक मिनेटमा नाडीको गति १ सय भन्दा बढी भए शरीरमा कुनै न कुनै समस्या छ भन्न सकिन्छ ।अथवा सामान्य रुघाखोकी ,घाटि दुखेको छ भने परिक्षण गरिहाल्नु पर्छ भन्ने छैन। ओमिक्रोन ४/५ पटकभन्दा लामो समयसम्म नजाने हुनाले दिनमा ३/४ पटक तातोपानीको वाफ लिने मनतातो पानी धेरै पिउने,झोलिलो खाने कुरा प्रशस्त खाने ,सधै साबुन पानीले मिचिमिचि हात धुने , बाहिर निस्कदा मास्कको प्रयोग गर्ने तथा यो सङ्क्रमन भएको मान्छे ५ /६ दिनपछि यसको लक्षण गइसक्छ । यदि कुनै लक्षण देखिदा पोजिटिभ आयो भने डराउने र नेगेटिभ भयो भने ढुक्क हुने चाहि गर्नु हुदैन ।हामि सतर्क हुनैपर्छ । सङ्वेदनशिलता ६०/७० प्रतिशत भन्दा टाढा छैन । २० जना COVID भएको मान्छेको परिक्षण गर्दा १३/१४ जना पहिचान भए पनि ६/७ जना यसै छुट्न पनि सक्छ। यसकारण COVID-19 परिक्षण भएको छैन भने मनपरि हिड्न चाहि हुँदैन ।

ओमिक्रोनको सङ्क्रमणदर एकदमै उच्च भएकोले तपाईंलाइ लक्षण देखिएकै दिन घरका परिवारलाई पनि सङ्क्रमण भैसकेको हुनसक्छ । तर , शरीरको प्रतिरोधात्मक क्षमताका कारण कसैमा लक्षण देखिन सक्छ भने कसैमा नदेखिन सक्छ । लक्षण देखियो भने छुट्टै कोठामा बस्ने सामान पनि छुट्टै प्रयोग गर्ने , मास्कको प्रयोग गर्ने त्यसैगरि खानेकुरामा विशेष गरि चिसो खाने खानु हुदैन ,मनतातो पानी पिउने ,प्रोटिनयुक्त तथा माछा ,मासु खान सकिन्छ । दुइ किसिमका मिश्रित दाल खाने, सागसब्जि खाने गर्नु पर्दछ।

ओमिक्रोनलाइ कमजोर नसोचौ :
ओमिक्रोन डेल्टा भन्दा कम खतरनाक हो तर , डेल्टाभन्दा ४/५ गुणा छिटो प्रसार हुन्छ। ओमिक्रोनले मान्छे मर्न सुरु भैसकेको छ। खोप सबैले अनिवार्य लगायौ । ७०/८० बर्षदेखि भर्खर डाक्टर पास भएकासम्मले खोप लगाएका छन । खोपको साइड इफेक्ट छैन । यसबारे भ्रम फैलाइएको हो । त्यसकारण सम्पुर्ण ले आफ्नो पायक पर्ने ठाउमा खोप लगाअौ ।सबैलाई COVID बाट मुक्त हुने वातावरण बनाऔ,सचेत रहौ, सजग बनौं ” ओमिक्रोन तथा कोभिड जस्ता घातक रोगहरु एवम् भाइरसबाट बचौ अरुलाइ सुरक्षित रहन जनचेतना फैलाउ हरेक व्यक्तिमा सकारात्मक सोचको विकास गरौं।

२०७८ माघ १०, सोमबार प्रकाशित 1 Minute 431 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार