पहिलेका र अहिलेका साथी💖
अहिले फेसबुकमा add भएका दुई हजार जना साथी भन्दा Facebook नहुदा खेरिका पाँच जना साथीहरु नै ठीक थिए । 💝त्यति बेला “add” गर्न मिल्थ्यो तर “unfriend” गर्न मिल्थेन, रिस उठ्दा एकछिन mute गर्न मिल्थ्यो । भोलि पल्ट यताबाट यो हास्थ्यो उताबाट उ हास्थ्यो आफै unmute हुन्थ्यो, तर block गर्न मिल्थेन ।😌 एकै शब्द भए पनि रिप्लाई आउथ्यो त्यहाँ कसैको कुरा seen गरेर छोड्न मिल्थेन अहिले झैं झुटो emoji त हुन्थेन तर मनको expression मुखमा प्रत्यक्ष देखिन्थ्यो । wifi भएर मात्र online देखाको हो भनेर ढाट्न पनि मिल्थेन नयाँ भेटे पछि पुरानालाइ साट्न पनि त मिल्न एउटालाई 9 बज्न नपाउदै सारै निन्द्रा लग्यो “goodnight byee” भनेर अर्कोलाई hi 👋 आज मलाई निन्द्रै लागेन भनेर राती 2 बजे सम्म गफ गर्न मिल्थेन सन्सार भरिका हजारौ साथीहरुको अप्सन हुन्थेन, निकै कम हुन्थे तर आफ्नै पास हुन्थे तर उनीहरू नै सबै भन्दा खास हुन्थे मन देखि happy birthday भने पुग्थ्यो । राती 12 बजे उठेर कहिल्यै पूरा न हुने 1 पेज लामो झुटो birthday wish गर्नु पर्थेन अनि कसको wish हो भन्ने सम्म नहेरी wholesale मा Love react गरेर “Thank You Everyone” भन्ने readymade reply पनि दिनुपर्थेन । त्यति बेला समृद्धता हेरेर सम्बाद हुन्थेन सुन्दरता हेरेर मित्रता हुन्थेन नत्र ती मेरा साथीका हुन्थे ! जे थियो सबै सरल थियो, सहज थियो अहिले सब थोक छ तर केहीपनि छैन । अहिलेका chat का सम्बन्धहरु मनमा पुग्दैनन केवल बुढी औंलाका टुप्पामा सीमित छन्। 😔
✍️ सुमन काफ्ले