२०८१ फाल्गुन ७ बुधबार

सिटामाेल लगायतका औषधि उपलब्ध गराउन सरकारका नाममा सर्वाेच्चकाे आदेश!!!

काठमाण्डाै – सर्वोच्च अदालतले पारासिटामोल जस्ता अतिआवश्यक औषधि सहजरूपमा उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आज मङ्गलवार सरकारका नाममा यस्ताे आदेश जारी गरेको हो ।
आदेशमा अहिले कोभिडको प्रकोप कायम रहेको अवस्थामा त्यसकाे उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्त्वपूर्ण औषधि सिटामोल र पारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको उल्लेख छ ।
नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हकको व्यावहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारबीच समन्वय गरी अहिलेकाे अवस्थामा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउन आदेशमा भनिएकाे छ । 
यसअघि साेमवार अधिवक्ता टीकाबहादुर कुँवरले नागरिकलाई सिटामोललगायत अत्यावश्यक औषधि उपलब्ध गराउन आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यही रिट निवेदनको सुनुवाइपछि अदालतले यस्ताे आदेश जारी गरेको हो ।  

२०७८ माघ १२, बुधबार प्रकाशित 0 Minutes 295 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।