
राष्ट्रिय युवा संघ जिल्ला कमिटी कास्की द्वारा भोलि मुल्य वृद्धि बिरुध सांकेतिक कार्यक्रम !!!!
संबाददाता-किरण भण्डारी

१०/१९ पोखरा-प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटिले सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोध स्वरुप भोलि दबाब मुलक साङ्केतिक कार्यक्रम गर्ने भएको छ अध्यक्ष पान बहादुर जिसिले फोनबाट जानकारी दिए। उनले भने “हामी सम्पुर्ण सदस्यहरुलाई आ-आफ्नो मोटरसाइकल र स्कुटर लिएर आउन आह्वान गरेका छौ लाचार सरकारको भणडाफोर गर्छौ।” साथै कार्यक्रमपोखरा चिप्लेढुंगाको मानव अधिकार चोकमा दिउँसो ४ बजे राखिएको छ।
अध्यक्ष जिसिको भनाइ यस्तो थियो;
हाम्रो अभियान निरन्तर जारि छ गैर जिम्मेवार ढंगले पेट्रोलियम पदार्थ मा अहिलेसम्म कै उच्च मुल्य वृद्धिका विरुद्ध तथा संविधानिक रुपमा हुनुपर्ने निर्वाचन का लागि युवा दवाब कार्यक्रम मा भाेलि दिउँसो ४ बजे मानव अधिकार चाेक मा उपस्थिति का लागि सम्पुर्ण न्याय प्रेमि युवा विद्यार्थी लगायत सम्पुर्ण मा उपस्थिति का लागि राष्ट्रिय युवा संघ नेपाल कास्की हार्दिक अनुरोध गर्दछ !!!! ((साथै सबै लाई आफ्नो सवारी साधन विशेष गरि माेटर साईकल् र ईस्कुटर् लियर अाउनु हुन जानकारी गराईन्छ्)) !!!!।