२०७९ चैत्र १९ आईतवार

एमालेले बनाउन सकेन एमसिसिमा आफ्नो आधिकारिक धारण।!

एमालेले बनाउन सकेन एमसिसिमा आफ्नो आधिकारिक धारण।
संबाददाता- किरण भण्डारी
१०/२० काठमाडौं-अहिले मुलुकमा सर्वाधिक चर्चाको विषय बनेको एमसीसी मुद्दामा प्रमुख प्रतिपक्षी दल एमालेले कुनै आधिकारिक धारणा बनाएको छैन । सरकारको नेतृत्वमा रहँदा एमसीसी अनुमोदन गराउन कसरत गरेका एमाले अध्यक्ष केपी ओली अहिले एमसीसीलाई घरेलु राजनीतिको दाउपेचमा उपयोग गर्न प्रयासरत छन् ।
सत्ताको नेतृत्वमा रहेको कांग्रेस एमसीसी अविलम्ब पारित गराउने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा अनुमोदन नगर्ने अडानमा छन् ।

पछिल्लो समय पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै एमालेले सभामुख अग्नि सापकोटाको राजीनामा र माधव नेपालसहितका १४ सांसदमाथि कारबाहीको सूचना टाँस हुनुपर्ने माग राखेर संसद् अवरोध गर्दै आएको छ । संसद् अवरुद्ध गर्दै आएको एमालेले एमसीसी अनुमोदन गर्ने वा नगर्नेबारे स्पष्ट केही भनेको छैन । ‘अहिले सत्तापक्ष नै अलमलमा छ, त्यो संसद्मा ल्याउँछ कि
ल्याउँदैन भन्ने कुरामा स्पष्ट नभई हामीले अनुमोदन गर्ने कि नगर्ने भनेर हतारिन आवश्यक छैन,’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘निर्णय गर्नैपर्ने भयो भने त्यतिबेला पार्टी सचिवालय, स्थायी कमिटीमा छलफल होला ।

२०७८ माघ २०, बिहीबार प्रकाशित 1 Minute 75 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।