
राष्ट्रिय युवा संघ नेपाल ( जिल्ला कमिटी कास्कीको) आयोजना मा जिल्लामा भृहत सांकेतिक कार्यक्रम सप्पन्न !!!(फोटोसहित)
संबाददाता- किरण भण्डारी
१०/२० पोखराप्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युबा संघ नेपाल गण्डकी प्रदेश कमिटीले बर्तमान सरकारले दैनिक उपभोग्य सामग्रीमा गरेको मुल्यवृद्धिको बिरोध स्वरुप पोखराको मानवअधिकार चोक देखि महेन्द्रपुल सम्म सङ्केतिक तिन वटा गाडी डोरी लगाइएको र युवा हरु ले मोटरसाइकल तथा स्कुटर धकेलि र्याली आयोजना गरेको छ।
गाडीलाई डोरीले तान्दै र मोटरसाइकललाई डोर्याउँदै युवाहरुले मूल्यवृद्धिको विरोध गरेका थिए । चिप्लेढुंगादेखि गाडी र मोटरसाइकल तान्दै र घचेट्दै युवाहरुको जुलुस महेन्द्रपुलमा पुगी कोणसभामा परिणत भएको थियो । जुलुसका सहभागी युवाले मूल्यवृद्धि फिर्ता गर, जनताले सिटामोल कहिले पाउँछन् ?, स्थानीय तहको निर्वाचन गर, २४ लाख खोप खोई ? लगायत नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
“जनविरोधि जनघाती पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध तथा विधिको शासन र संविधानको रक्षाका लागि तत्काल स्थानिय निर्वाचन घोषणा गर” लेखिएको ब्यानर सहित युवा संघका नेता कार्यकता प्रर्दशनमा उत्रेका थिए ।
कार्यक्रममा एमाले तथा युबा संघका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो। उक्त कार्यक्रममा युबा संघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङको नेतृत्वमा भएको थियो।उनलेे मूल्यवृद्धि फिर्ता नलिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुने बताए ।
साथै थुप्रै नेताहरुले आक्रोशित रुपमा भासण गरेका थिए। कार्यक्रमको प्रमुख आथित्यता एमाले कास्की जिल्ला सहइन्चार्ज तथा प्रदेश सभा सदस्य राजिब पहारीले गरे भने उनले’ लाचार सरकारले आफ्नो सिमा नाग्यो´, सुशील कोइराला प्रधानमन्त्री हुँदा १४० रुपैयाँ लिटर बनाएर राखेको रेकर्ड कांग्रेसकै नेता शेरबहादुर देउवा प्रधानमन्त्री भएर १४२ बनाई रेकर्ड तोडेको बताए भनेर टिप्पणी समेत गरेका थिए।
राष्ट्रिय युवा संघ जिल्ला कमिटी इन्चार्ज प्रभावशाली नेता हरि लम्साल जस्ता नेताहरु बोलेका थिए ।
कार्यक्रममा युबा संघ कास्की जिल्ला अध्यक्ष पान बहादुर जिसि भन्छन् मूल्यवृद्धि फिर्ता गरेर जनतालाई राहत दिन आयल निगमलाई नाफामा लैजान सरकारलाई आग्रह गरे ।
प्रदेश पुर्ब सचिब बिकास अधिकारी,भने कार्यक्रममा उग्र एबंम आक्रोशित नारा लगाउने जिम्मेवारी युबा संघ केन्द्रिय सचिबालय सदस्य दिल्लीराम सुबेदीले गरे।
?