२०८१ बैशाख १३ बिहीबार

हावाहुरीले दुई विद्यार्थी सहित तीन जनाको मृत्यु !!

हावाहुरीले दुई विद्यार्थी सहित तीन जनाको मृत्यु !!

जनकपुरधाम: मौसम बदलीसँगै आएको हावाहुरीका कारण मधेश प्रदेशमा तीन जनाको मृत्यु भएको छ। रुख ढ ल्दा धनुषाको सबैला नगरपालिका र रौतहटको बौधिमाई नगरपालिकामा गरी तीन जनाको मृ त्यु भएको हो।

धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा सबैलाको महेन्द्र सदाकी ८ वर्षीया छोरी प्रतिमा कुमारी सदा र चन्देश्वर सदाका ७ वर्षीय छोरा अरविन्द सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

ठूलो हावाहुरीका कारण विद्यालय प्राङ्गणमा रहेको मसालाको रुख ढ ल्दा दुबै जनाको टाउकोमा चो ट लागेर घट नास्थलमै मृ त्यु भएको जानकारी दिए। त्यसैगरी गएरातिबाट जारी हावाहुरी र अविरल वर्षामा परी रौतहटमा एक जना महिलाको घरमा च्या पि एर मृ त्यु भएको छ। शुक्रवार दिउँसो करिब १२ बजे बौधीमाई नगरपालिका १ अजगैबी निवासी राम मंगल राय यादवको श्रीमती ४५ वर्षीया फुलमतिया देवीको आफ्नै खपडाले छाएको गोठ घरमा मृ त्यु भएको हो।

घर गोठमा वसिरहेको अवस्थामा वर्षा र हावाहुरीको कारण घर भत्किन जाँदा इट्टा, खपडा र काठले च्या पिएर घा इते भइ उपचारको लागि मौलापुरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

२०७८ माघ २१, शुक्रबार प्रकाशित 1 Minute 254 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार