२०८१ चैत्र ८ शुक्रबार

फेरि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग!!!

फेरि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग
-अबिसेक पौडेल
२१ माघ, काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । डिजल-पेट्रोलको मूल्यले नयाँ रेकर्ड कामय गर्ने क्रम चलिहरँदा सार्वजनिक सवारीका प्रयोगकर्ताहरु यसको मारमा पर्नसक्ने देखिएको छ ।

२७ असार २०७८ मा सार्वजनिक सवारीको भाडा बढाए यता डिजल-पेट्रोलको मूल्य प्रतिलिटिर १६ रुपैयाँले बढाइसकेको छ । लगातार डिजल-पेट्रोलको मूल्य बढिरहेको भन्दै यातायात व्यवसायीले फेरि भाडा समायोजन गर्न माग गर्न थालेका छन् ।
सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप भाडादरमा पेट्रोलियम पदार्थको मूल्यको भार ३५ प्रतिशत छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले फेरि पेट्रोलियमको मूल्य महंगिँदा लागत उठाउन मुस्किल हुन थालिसकेको बताउँछन् ।
सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १२६ रुपैयाँ र डिजलको १०९ रुपैयाँ हुँदाको अवस्थालाई आधार मानेर भाडा बढाउने निर्णय लिएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ र डिजलको १२५ रुपैयाँ पुगेको छ ।

भाडामा ३५ प्रतिशत भार डिजल-पेट्रोलको हुन्छ, डिलेजल मात्रै लिटरमा १६ रुपैयाँ महंगो हुँदा उही दरमा भाडा राखिरहने ?’ उनले भने,’५ रुपैयाा घटबढ हुँदा नै भाडा समायोजन गर्ने सरी व्यवस्था छ, अब तुरुन्तै भाडा समायोजन गर्नुपर्छ ।

फेरि सार्वजनिक सवारी चल्नै नसक्ने अवस्था बनिसकेको सिटौलाको दावी छ । सरकारले असारमा यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको थियो । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको थियो ।

सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिन्छ ।

‘निगमले अझै महिनामा ४ अर्ब घाटा देखाइरहेको छ, यसले मूल्य अझै बढ्ने देखिन्छ,’ सिटौला भन्छन्,’मूल्य घटाउन नसक्ने भए सरकारले भाडा समायोजन नै गनुपर्छ ।’

सरकारले कर घटाउने हो भने र सार्वजनिक सवारीलाई ख्याल गरेर नीति बनाउने हो भने मूल्यवृद्धिको असर उपभोक्ता र हामी व्यवसायीलाई पर्दैनथियो,’ सिटौलाले भने,’सरकारले सकेसम्म भाडा नबढाउनुपर्ने अवस्था बनाओस्, अहिले भने वैज्ञानिक तवरमा भाडा समायोजन गरोस् ।’

२०७८ माघ २१, शुक्रबार प्रकाशित 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार