२०८० चैत्र १६ शुक्रबार

नेकपा एमाले पोखरा, वडा -७ ले गठन गर्यो टोल कमिटि।!!

नेकपा एमाले, पोखरा ७ ले गठन गर्यो टोल कमिटि ।

१०/२२ पोखरा-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले पोखरा महानगरपालिका वार्ड नं ७ ले टोल कमिटि गठन गरेको छ। एमाले वडा कमिटी ७ को आयोजनामा वडा भित्रका आफ्नो मातहतमा रहेका तिनवटा क्षेत्रहरुमा ( घारिपाटन, प्रगती र राधाकृष्ण ) टोल कमिटि गठन भएको छ।

नेकपा एमाले कास्की जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता भने एमाले वार्ड कमिटी अध्यक्ष किशोर बरालले गरेका थिए।

गठन बाट प्रगति टोल अन्तर्गत चित्र बहादुर सुनार अध्यक्षमा मनोनीत भएका छन् भने उपाध्यक्ष र सचिबमा क्रमशः सुनिता नेपाली र सम्झना परियारले पाएका छन् संगै राधाकृष्ण टोल कमिटी अन्तर्गत अध्यक्षमा बसुन्धरा लामिछाने र उपाध्यक्ष अनी सचिवमा पबित्रा जिसि र अशोक खड्काले ज़िम्मेवारी पाउन सफल भएका छन साथै घारीपाटन टोलको जिम्मेवारीमा लक्ष्मण गुरुङ अध्यक्षमा मनोनित भए भने उपाध्यक्ष र सचिबमा क्रमशः राधिका जैसी र राजन सुबेदि मनोनित भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि तेजनारायण अधिकारीद्वारा सबै नव गठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए संगै देश बिकास र संबृद्धिको लागी केवल केपी ओली नेतृत्वको सरकार मात्र रहेको बताए । साथै सम्पूर्ण टोल कमिटी बाट गठित पदाधिकारीहरुलाई वडा कमिटीका अध्यक्ष किशोर बरालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रमको संचालन कमिटीका सचिव गणेश श्रेष्ठले गरेका थिए ।

२०७८ माघ २२, शनिबार प्रकाशित 1 Minute 186 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार