नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी -७ को ढाँड क्षेत्रमा तपसिल बमोजिमको पदाधिकारी सहित २१ सदस्यीय टोल कमिटी गठन गर्ने कार्य सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी -७ को ढाँड क्षेत्रमा तपसिल बमोजिमको पदाधिकारी सहित २१ सदस्यीय टोल कमिटी गठन गर्ने कार्य सम्पन्न भएको छ । सम्पूर्ण कमिटि सर्वसम्मत निर्वाचित भएकाे थियाे।
कार्यक्रम सभापति : पार्टी अध्यक्ष किशोर बराल हुनुहुन्थ्यो भने कार्यक्रमको प्रमुख अतिथि : टंक सुवेदी ( प्रदेश कमिटि सदस्य), कार्यक्रम विशेष अतिथि : तेजनारायण अधिकारी ( उपाध्यक्ष जिल्ला कमिटि सदस्य ), अतिथिहरू : ओम गाैचन ( जिल्ला कमिटि सदस्य), चिरञ्जीवी पाेख्ररेल, ( जिल्ला कमिटि सदस्य), टीका देवि अधिकारी ( महानगर कमिटि सदस्य), बिष्णुमणी बराल ( महानगर कमिटि सदस्य), भुवन दाहाल ( राष्ट्रिय निजामती कर्मचारी सगठन केन्दीय सदस्य ), बिष्णु भण्डारी ( स्वास्थ्य तथा जनसंख्या प्रदेस कमिटि सदस्य तथा पूर्व जिल्ला कमिटि सदस्य), रामचन्द्र बराल ( अध्यक्ष वडा नं.७ तथा पूर्व जिल्ला कमिटि सदस्य), शंकर भण्डारी ( अध्यक्ष राष्ट्रिय युवा सघ महानगर कमिटि तथा पूर्व जिल्ला कमिटि सदस्य), दिनबन्धु पाैडेल ( वडा सदस्य ७ – जनप्रतिनिधि), दिनेश लामिछाने ( बुद्धिजीवी ), मित्र बन्धु भट्टराई ( बुद्धिजीवी ), शारदा गिरी ( वडा कमिटि ७ उपाध्यक्ष ), गणेश श्रेष्ठ ( वडा कमिटि ७ सचिव), कुमार भण्डारी ( राष्ट्रिय युवा सघ वडा कमिटि ७ उपाध्यक्ष ) ।
झपिन्द्र टोल कमिटी अध्यक्ष : अर्जुन बहादुर भुजेल, उपाध्यक्ष : कल्पना गौचन , सचीव : शिव गिरी , उप सचिव : मिना सुबेदी, उप सचीव : अभिषेक बराल ।
यसै गरि ढाँड टोल कमिटी अध्यक्षमा :लालु सुबेदी , उपाध्यक्ष :नारायणी पौडेल , सचीव :राजेश्वर आचार्य , उप सचिव :कृष्ण कु.अधिकारी(अनिषा), उप सचीव : शुभद्रा खनाल ।
कार्यक्रमको संचालन भने दिपक कार्की ( वडा कमिटि ७ उपसचिव) ले गरेका थिए । कार्यक्रम को सुभारम्मभ प्रमुख अतिथि र विशेष अतिथिले सहिद झपेन्द्र कार्की को तस्बिरमा माला तथा टिका लगाएर गर्नु भएकाे थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनबन्धु पौडेल ले गरेका थिए भने कार्यक्रमको बारे प्रकाश पार्टी अध्यक्ष किशोर बराल ले पारेका थिए साथै शुभकामना मन्तव्य : वार्ड अध्यक्ष रामचन्द्र बराल, दिनेश लामिछाने, ओम गाैचन, तेजनारायण अधिकारी र टंक सुवेदी ले दीएका थिए भने निर्वाचित अध्यक्ष बाट प्रतिबद्धता मन्तव्य समेत व्यक्त गरेका थिए र अर्जुन भुजेल तथा लालु सुवेदी पार्टिको सुर्य अङ्कित झण्डा नवनिर्वाचित कमिटिलाई हस्तान्तरण गरेका थिए भने माईनुट नवनिर्वाचित कमिटिलाई हस्तान्तरण भुवन दाहाल तथा बिष्णु भण्डारीले गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य : पार्टी उपाध्याक्ष शारदा गिरी ले दीएकी थीइन भने पार्टी अध्यक्ष किशोर बरालले समापन गर्दै कमरेडहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
ड