
राष्ट्रिय युवा संघ गण्डकी प्रदेशद्वारा कालो व्यानर र बेलुन सहित बिरोध प्रदशन ।
(फोटो भिडियो सहित)
.
पोखरा -७

राष्ट्रिय युवा संघ नेपाल गण्डकी द्वारा मुल्यवृद्धिको बिरोध र स्थानीय निर्वाचनको समय घोषणा गर्न माग गर्दै गण्डकी प्रदेस मुख्यमन्त्री कार्यालय अगाड़ी आन्दोलन गरेको छ।
राष्ट्रिय युवा संघ गण्डकीले मापशे सरकारले बढ़ाएको मुल्य बृद्धि , स्थानीय निकायको चुनाबको मिति घोषणा लगाएतका मुद्दाहरुको बिरोधमा आज गण्डकी प्रदेश मुख्यमन्त्री को कार्यलय अगाडि गरिएको विरोधको साथमा कालो ब्यानर र कालो बेलून पनि उडाएको छ ।
राष्ट्रिय युवा संघ गण्डकी अध्यक्ष महेन्द्र गुरुङ को नेतृत्व मा सम्पन्न भएको थियो । उक्त कार्यक्रम मा सम्पुर्ण गण्डकी प्रदेश अन्तर्गतको राष्ट्रिय युवा संघ गण्डकी प्रदेश ,जिल्ला, महानगर , केन्द्रिय नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।
उक्त विरोधको कार्यक्रममा ३ जना फाेटाे पत्रकार र उनको सहयोगीलाई पक्राउ भएको र बिना सर्त रिहाई गर्नुपर्ने माग युवा संघ कास्की ज़िल्ला इंचार्ज हरी लम्सालले बिश्वपाटीलाई बताए ।








