२०८१ बैशाख १२ बुधबार

धेरै नेपाली गीत समेत गायकी लता मंगेशकरको निधनले राष्ट्रपति भण्डारी दुःखी!!

भारतकी सुप्रसिद्ध गायिक लता मंगेशकरको निधनमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शो’क प्रकट गरेकी छिन । ९२ बर्षको उमेरमा आजै नि’धन भएकी विश्वप्रसिद्ध गायिक मंगेशकरले नेपाली गीत संगितको क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी हुन ।
‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ,’ सामाजिक सञ्जालमार्फत राष्ट्रपति बिद्यादेवी भण्डारीले भनेकी छिन, ‘असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ झन्डै ३० हजार भन्दा बढी गीत गाएको रेकर्डसमेत कायम गरेकी मंगेशकर प्रति भारत सरकारले २ दिने शोकको घोषणासमेत गरेको छ ।
भारतीय चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा नि’धन भएपनि उनले आफ्ना गीतहरूको ठूलो विरासत छाडेकी छिन् । उनको आवाजले हामीलाई दशकौंसम्म उनको उपस्थितिको अनुभूति गराउनेछ
।आफ्नो सांगीतिक यात्रामा लताले ३६ भाषामा करिब ५० हजार गीत गाएकी थिइन् । उनको आवाज हरेक फिल्मको आवश्यकता थियो । १९४२ देखि २०१० सम्मको उनको लामो करियरमा मधुबालादेखि माधुरीसम्म र वहिदा रहमानदेखि काजोलसम्म, लताले गाएको गीत अभिनय नगरेको अभिनेत्री कोही नहोला ।
आज हामी प्रसिद्ध गायिका लताका १० अविस्मरणीय गीतहरूको बारेमा चर्चा गर्न लागेका छौ । जसलाई सुन्दा तपाईँले संगीतको लता मंगेशकर युगको अनुभूति गर्नुहुनेछ। यसमा फिल्म किनाको नाम हराउनेछ, अनुहार बदलिनेछ, फिल्म लम्हेको गीत मोरनी बगा मा बोले, फिल्म ‘आँधी का तेरे बिना जीवन से कोई सिक्वा तो नही’ गीत रहेको छ ।फिल्म शोर का एक प्यार का नगमा है, फिल्म गाइडको गीत दिलमा फिल्म आराधनाका कोरा कागज था ये मन मेरा र ए मेरे वतन के लग जस्ता अविस्मरणीय गीतहरू समावेश छन्।

२०७८ माघ २३, आईतवार प्रकाशित 0 Minutes 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार