२०८१ माघ १ मंगलवार

क्रिस्टियानो रोनाल्डो बने इन्स्टामा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति!!

२४ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ४०० मिलियनले फलो गरेका छन् ।

रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् । उनले आफ्नो ३७औं जन्मदिन मनाएको भोलिपल्ट नै यो अर्को उपलब्धि पाएका हुन् ।

इन्स्टाग्राममा ३२४२ पोष्ट गरेका रोनाल्डोको पोष्टमा औसत १० मिलियन लाइक हुने गर्छ । उनले जम्मा ५०० जनालाई मात्र फलो गरेका छन् ।

इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेको दोस्रो नम्बरमा कायली जेनर छन् । उनको ३०८ मिलियन फलोअर्स छ । यस्तै अर्का फुटबल स्टार लिओनल मेस्सी ३०६ मिलियन फलोअर्ससहित तेस्रो स्थानमा छन् ।

२०७८ माघ २४, सोमबार प्रकाशित 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।