२०८१ बैशाख १३ बिहीबार

अर्घाखाँचीमा सबै पालिकामा जित्छाैँ, एमालेलाई पहिलाे बनाएरै छाड्छाैँ’!!

काठमाडौं । ‘तीनै तहकाे चुनावमा बहुमत ल्याउने गरी अगाडि बढिरहेका छाैँ, एमालेलाई पहिलाे बनाएरै छाड्छाैँ’- नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल भन्नुहुन्छ ।
नजिकिँदै गरेकाे स्थानीय तह चुनावका सन्दर्भमा अध्यक्ष भुसालले पार्टीलाई एक नम्बर बनाउनेगरी काम गरिरहेकाे बताउनुभयाे । जिल्लामा संगठन सुद‍ृढिकरण तथा पार्टी प्रवेश कार्यक्रमलाई तीब्र रुपमा अगाडि बढाइएकाे भन्दै उहाँले सम्पूर्ण जनमत एमालेकै पक्षमा रहेकाे बताउनुभयाे ।
पार्टी संगठनका कामसँगै अघाेषित रुपमा चुनावी अभियान पनि सँगसँगै लगिएकाे अध्यक्ष भुसालकाे भनाइ छ । एक महिना अघि जिल्ला हाँक्ने जिम्मेवारी पाउनुभएका भुसालले पार्टीमा सबैलाई मिलाएर अगाडि बढिरहेकाे पनि बताउनुभयाे । नेकपा भंगपछि एमालेमै बस्नुभएका पूर्व माओवादीका नेताहरुलाई सम्मानजनक रुपमा पार्टीमा रहनुभएकाे पनि उहाँले बताउनुभयाे ।एमालेलाई एक नम्बर पार्टी बनाउन जिल्ला नेतृत्व नभएर केन्द्रकाे टाेली पनि लागिरहेकाे भुसालले सुनाउनुभयाे । उहाँका अनुसार एमाले केन्द्रीय सचिव टाेपबहादुर रायमाझी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चन्द्रबहादुर खड्का, केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज चेतनारायण आचार्य सहित जिल्ला नेताहरुकाे टाेली अघाेषित चुनावी अभियानमै केन्द्रित छ ।
जिल्लामा एमालेका सबै नेता कार्यकर्ता स्थानीय तह चुनावकाे मिति घाेषणाकाे प्रतिक्षामा रहेका भन्दै उहाँले गठबन्धन सरकारले चाँडाे भन्दा चाँडाे चुनावकाे मिति घाेषणा गर्नुपर्ने बताउनुभयाे ।
एमालेप्रति जनताकाे बढ्दाे आकर्षण देखेर गठबन्धनले चुनाव सार्न खाेजिरहेकाे बताउँदै भुसालले भन्नुभयाे – ‘चुनाव सार्ने काेशिस गरे त्यसकाे प्रतिवादमा उत्रिन्छाैं, पार्टीकाे केन्द्रीय सचिवालय बैठकले पनि यसबारे निर्देशन दिइसकेकाे छ ।’
संविधानकाे अपव्याख्या गरेर चुनाव सार्ने काम नगर्न उहाँले गठबन्धन सरकारलाई चेतावनी पनि दिनुभयाे । नेपालकाे संविधानले स्थानीय तहमा रिक्तताकाे परिकल्पना नगरेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘संविधान र कानुनअनुसार गठबन्धन चल्नुपर्छ, गठबन्धनले संविधान र कानुन उल्लंघन गर्‍याे भने हामी चुप बस्दैनाैँ, संविधानले गरेको व्यवस्थालाई जोगाउन हामी जुनसुकै मूल्य चुकाउन तयार छाैँ, चुनावका लागि दबाब दिन्छाैँ ।’चुनाव लोकतन्त्रको मुटु भएकाे भन्दै उहाँले स्थानीय चुनावका लागि आफूहरु सम्पूर्ण रुपले मैदानमा हाेमिएकाे बताउँदै अध्यक्ष भुसाल भन्नुहुन्छ – ‘एमालेलाई सबै तहमा बलियाे बनाउने गरी अभियान चलाइरहेका छाैं, ६ वटै पालिकामा पालिका कमिटी र वडा कमिटी गठन गरेर सम्पूर्ण रुपले चुनावतर्फ केन्द्रित छाैँ ।’
जिल्लामा माओवादी केन्द्र सकिँदै गएकाे र एकीकृत समाजवादी नाममा मात्र सीमित भएकाले आफूहरुकाे मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेससँग मात्र रहेकाे उहाँले बताउनुभयाे । यद्यपि कांग्रेसकाे अवस्था पनि जिल्लामा अहिले खराब रहेकाे भुसालले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘माओवादीले वडाध्यक्षमा पनि जित्ने अवस्था छैन, कांग्रेसकाे जनमत ओरालाे लाग्दैछ,एकीकृत समाजवादीलाई जिल्लाले चिन्दैन ।’केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बाेकेर हिँडेपछि कांग्रेसकाे अलिअलि भएकाे जनमत पनि गिरेकाे अध्यक्ष भुसालकाे ठहर छ ।अर्काेतर्फ कांग्रेसका जनप्रतिनिधिले स्थानीय तहमा उल्लेख्य काम गर्न नसकेका र विकास निर्माणमा भन्दा पनि आफ्ना कार्यकर्ता पाेस्ने काममा मात्र लागेकाले कांग्रेस कमजाेर बन्दै गएकाे अध्यक्ष भुसालले बताउनुभयाे । ‘सबैकाे एउटै चाहाना छ सबै पालिकामा एमालेले जित्नुपर्छ, प्रतिनिधि सभा र प्रदेश सभामा पनि बहुमत ल्याउनुपर्छ’ – उहाँले भन्नुभयाे ।पाँच दलीय गठबन्धन चुनावसम्म कायमै रहेपनि जिल्लामा एमाले एक्लैले बहुमत ल्याउने समेत भुसालले बताउनुभयाे । ६ वटा पालिकामध्ये भूमिकास्थान नगरपालिकामा मात्र गठबन्धनकाे केही प्रभाव रहेकाे उहाँले बताउनुभयाे । यद्यपि भूमिकास्थानमा पनि राम्रै जनमत रहेकाेअध्यक्ष भुसालले बताउनुभयाे । ०७४ मा माओवादी र कांग्रेसकाे गठबन्धनबाट मेयर बन्नुभएका भूमिकास्थान नगरपालिका मेयर नेकपा भंगपछि एमालेमै बस्नुभएकाे छ । यसले पनि जनमत एमालेकै पक्षमा आउने विश्वास भुसालले व्यक्त गर्नुभयाे ।०७४ काे स्थानीय तह चुनावमा एमाले एक्लै लडेकाे भन्दै उहाँले अहिले पनि गठबन्धन विरुद्ध एक्लै लड्ने बताउनुभयाे । यद्यपि ०७४ काे भन्दा अहिले अवस्था अलि फरक रहेकाे उहाँले सुनाउनुभयाे । अध्यक्ष भुसालले भन्नुभयाे – ‘हिजाे माओवादी र कांग्रेस मिल्दा पनि दुई वटा पालिकाकाे नेतृत्व हामीले गरेका थियाैँ, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा भने हाम्रै पार्टीका धेरै जनप्रतिनिधि निर्वाचित हुनुभएकाे थियाे ।’अर्घाखाँचीमा कुल ३ सय २९ प्रतिनिधि निर्वाचित भएकामा १ सय ४३ एमालेका मात्रै थिए । कांग्रेसबाट १ सय ३०, माओवादी केन्द्रबाट २६ र राष्ट्रिय जनमाेर्चाबाट ३० जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।अहिले अवस्था फरक रहेकाे उहाँले बताउनुभयाे । पहिलो संविधानसभादेखि लगातार चुनाव जित्दै आउनुभएका एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी नेकपा भंगपछि एमालेमै हुनुहुन्छ । रायमाझीले पाउने मत स्वभाविक रुपमा एमालेले पाउने भुसालले बताउनुभयाे । माओवादीकै अर्का लाेकप्रिय नेता चन्द्रबहादुर खड्का पनि नेकपा भंगपछि एमालेमै हुनुहुन्छ ।
अर्काेतर्फ कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ता एमाले प्रवेश गर्ने लहर साेचे भन्दा बढी रहेकाले पनि आफूहरुकाे जित सुनिश्चित रहेकाे पनि अध्यक्ष भुसालले सुनाउनुभयाे । ‘एमाले आफ्नाे जनमत कायमै छ,पार्टी प्रवेश गर्नेहरुकाे लहर बढेकाे छ, माओवादीकाे करिब ८० प्रतिशत जनमत हामीतिरै छ,त्यसैले पाँच दलीय गठबन्धन कायमै रहेपनि हामीले तीनै तहमा जित्छाैँ’- उहाँले भन्नुभयाे ।कांग्रेससँग मिलेपनि ओवादी केन्द्रले कुनै पनि पालिकामा जित्न सक्ने अवस्था नरहेकाे उहाँले बताउनुभयाे । अर्घाखाँचीमा एकीकृत समाजवादीकाे कुनै प्रभाव नरहेकाे पनि अध्यक्ष भुसालले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘नबुझेर लाग्नुभएकाहरु सबै मूलधारमै फर्कनुभयाे,केही औंलामा गन्न सकिनेहरु मात्र हुनुहुन्छ, एकीकृत समाजवादी जिल्लामा शून्य जस्तै छ भन्दा फरक पर्दैन ।’
स्थानीय तहमा एमालेका जनप्रतिनिधिले निक्कै राम्राे काम गरेका अध्यक्ष भुसालले बताउनुभयाे । आगामी चुनावमा प्रदेश र प्रतिनिधि सभामा पनि एमालेकै बहुमत आउने उहाँले बताउनुभयाे ।

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार