२०८१ बैशाख ८ शनिबार

विप्लव नेकपाका जुम्ला जिल्ला इन्चार्जसहित माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत!!

काठमाडौं । नेत्रविक्रम चन्द -विप्लव) नेतृत्वको नेकपाका जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान खुमलटारस्थित निवासमा तिरुवालाई पार्टी प्रवेश गराए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार तिरुवासँगै जिम्ला जिल्ला कमिटीका सदस्यहरु पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विप्लव समूहको सिंगो जिल्ला समिति माओवादी केन्द्रमा समाहित

काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (रवीकिरण) सहित जिल्ला सेक्रेटर, सह–सेक्रेटरी लगायतका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउनुभयो । परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको उहाँको भनाई थियो ।

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्, ’ उहाँले भन्नुभयो, हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’ उहाँले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’ अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताउनुभयो ।

प्रवेश गर्नेहरुका तर्फबाट रवीकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताउनुभयो । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उहाँको भनाई थियो ।

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार