२०८० चैत्र १६ शुक्रबार

नेटवर्किङ व्यवसायमा लगानी डुबे क्षतिपूर्ति नपाउने : राष्ट्र बैंक!!

नेटवर्किङ व्यवसायमा लगानी डुबे क्षतिपूर्ति नपाउने : राष्ट्र बैंक

काठमाण्डाै – क्रिप्टोकरेन्सी लगायतका नेटवर्किङ व्यवसायले ग्राहकहरू ठग्ने गरेको भन्दै नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्र बैंकले आज मङ्गलवार सूचना निकालेर धेरैजसो नेटवर्किङ व्यवसायले एउटा देशबाट कारोबार तथा सदस्य परिचालन गरी अर्को देशमा रहेका ग्राहकहरू ठग्ने गरेको पाइएको भन्दै सचेत रहन आग्रह गरेको हो । क्रिप्टोकरेन्सीमा भएको विकासबाट ‘मल्टी लेभल मार्केटिङ’ (एमएलएम) व्यवसायले पनि लाभ लिन थालेको पाइएको राष्ट्र बैंकले जनाएको छ । यस्ता व्यवसायले छोटो अवधिमा उच्च प्रतिफलको प्रलोभनमा पारी नयाँ ग्राहक बन्न प्रोत्साहन गर्ने, आफ्ना सदस्य ग्राहकमार्फत नयाँ व्यक्तिलाई क्रिप्टोकरेन्सी किन्न लगाउन प्रोत्साहन गर्ने र आफ्नो सञ्जालमार्फत बिक्री गरेबापत कमिसन दिने गरेको पाइएको छ । राष्ट्र बैंकले निकालेको सूचनामा यस्ता कारोबारमा विवाद भएमा लगानीकर्तासँग कानुनी उपचार नरहने भएकाले क्षतिपूर्तिसमेत नपाउने अवस्था आउन सक्ने उल्लेख छ । नेपालमा पनि जोसियल वान, क्राउड, सोलेम्याक्स ग्लोबल जस्ता संस्थाले आफूलाई मार्केटिङ कम्पनी दाबी गर्दै आइरहेका कुरा विभिन्न सञ्चारमाध्यममा आउने गरेका छन् ।

२०७८ माघ २५, मंगलवार प्रकाशित 1 Minute 69 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार