२०८१ बैशाख ८ शनिबार

सरकारकै आग्रहमा सारियाे प्रतिनिधि सभाकाे बैठक!!

काठमाण्डाै – भोलि बुधवारका लागि डाकिएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेका लागि सारिएको छ । सरकारको आग्रहमा भोलिको बैठक फागुन २ गतेका लागि सारिएको सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
सभामुख सापकोटाले बैठक स्थगनको सूचना जारी गर्न संसद् सचिवालयलाई निर्देशन दिइसक्नुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलिको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गर्नुभएको थियो । तर त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटेको छैन ।
एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ । भोलिको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय राखिएको थिएन । प्रधानमन्त्री देउवाले आज मङ्गलवार बेलुकी कानुन मन्त्री दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको बताइएको छ । 

२०७८ माघ २५, मंगलवार प्रकाशित 0 Minutes 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार