
एसईइ परिक्षा बैशाख ९ देखि हुने!!
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सञ्चालनको निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा गर्न लागेको हो ।
बैशाख ३० मा हुने भनेर घोषणा गरिएको स्थानिय तहको चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले राष्ट्रिय परीक्षा बोर्डले बैशाख २० गतेभित्र नै कक्षा १० काे परीक्षा सक्ने गरी आज वा भोलीमा परीक्षा तालिका सार्वजनिक गर्ने भएको छ।
कक्षा १२ काे परीक्षा भने चुनाव पछि मात्र अर्थात जेठमा गर्ने रापाबोकाे तयारी रहेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो ।
स्थानीय तहकाे चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो ।