२०७९ आश्विन १२ बुधबार

गण्डकी प्रदेश अध्यक्षमा बिष्णु पुन , केन्द्रीय सदस्यमा राजन सुबेदि मनोनित!

काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघले पुर्णता पाएको छ । गत आइतबार बसेको बैठक बाट आयोजना कमिटी निर्माण भएको थियो र संयोजकमा पर्शुराम बस्नेत चयन थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
जस मध्य गण्डकी खेलकुद बिकास समितिको अध्यक्षमा बिष्णु पुन निर्वाचित भएका छन्। नेपाल खेलकुद महासंघ काे केन्द्रीय सदस्य पुन गण्डकी प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी पाएका हुन्। उनी युबा संघको पुर्ब कास्की जिल्ला अध्यक्ष तथा हालको केन्द्रिय सचिबालय सदस्य समेत हुन।नेकपा एमाले कास्कीका लाेकप्रिय युवा नेता समेत हुन् ।

साथै केन्द्रीय सदस्यमा राजन सुबेदि मनोनित भएका छन्।रुपा -२  का सुवेदी खेलकुद क्षेत्रमा दख्ल राख्ने ब्याक्ति रुपा २ थुम्कि का स्थाई बासिन्दा हुन भने नेकपा एमाले कास्कीका लाेकप्रिय युवा नेता समेत हुन् ।

साथै केन्द्रीय सदस्य मा कास्की बाट ऋषि गाैतम , याम गुरुङ र सरास्वति क्षेष्ट पनि चयन भयका छन।


२०७८ माघ २७, बिहीबार प्रकाशित 1 Minute 61 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार