
पोखरा -२८ गते
नेपाल खेलकुद महासंघ पाेखरा महानगर कमिटीले महासंघका भर्खरै मनाेनित केन्द्रीय सदस्यहरु तथा गण्डकी प्रदेश कमिटी का अध्यक्ष लाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएकाे छ ।
केन्द्रीय कमिटी काे अध्यक्ष मा पर्सुराम बस्नेत निर्वाचित भएपछि एक सर्कुलर जारि गर्दै १९९ सदस्यीय कमिटि घाेषणा गरिएकाे थियाे ,भने जस्मा गण्डकी प्रदेश कमिटी काे अध्यक्ष मा बिष्णु पुन र कास्की बाट केन्द्रीय सदस्य मा राजन सुवेदी , ऋषि गाैतम , याम बहादुर गुरुङ र सरस्वति श्रेष्ठ चयन भएका थिए ।
आज पाेखरामा नेपाल खेलकुद महासंघ पाेखरा महानगर कमिटिले एउटा अनाैपचारिका कार्यक्रम मार्फत संघ का गण्डकी अध्यक्ष बिष्णु पुन र केन्द्रीय सदस्य राजन सुवेदीलाई बधाई तथा सम्मान कार्यक्रम गरेकाे छ। साे कार्यक्रममा युवा संघका नेता संजिव काेईराला ले शुभकामना मनत्ब्य राख्दै अब गण्डकी खेलकुद क्षेत्र ले निकै आशा गरेको ब्यक्ति नेतृत्वमा आएकाले खेलकुद महासंघकाे आकार छिट्टै फैलिएर सबैभन्दा ठुलो र आश लाग्दाे संगठन बन्नेमा बिश्वास ब्यक्त गरे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नव निर्वाचित केन्द्रीय सदस्य एब पार्टी कास्की जिल्ला कमिटि कास्की सदस्य युवा नेता राजन सुवेदीले अब खेलाडीहरुकाे सर्वाङिण बिकासका लागि खेलकुद महासंघ अनाब्रत लाग्ने र खेलाडी काे मुद्दा बाेकेर हिड्ने मात्रै नभएर परिणाम समेत देखाउने वचन ब्यक्त गरे अर्को फरक प्रसङ्ग मा सुवेदीले अब सुबिधा सम्पन्न हस्पिटल निर्माण गर्ने हैन सुविधा सम्पन्न खेल मैदान निर्माण गरि दक्ष नागरिक उत्पादन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नब निर्वाचन गण्डकी प्रदेश कमिटी का अध्यक्ष बिष्णु पुनले आफुले भरसक सबैलाई समेटेर अगाडि बढ्ने र काेहि खेलाडी नछुट्ने र नदाेहाेरिने गरेर जिम्मेवार वाणफाण गर्ने बताए । मेरो नेतृत्वले धेरै गर्नुपर्ने छ। अबसर भन्दा चुनाैतिहरु ज्यादा भएकाले केन्द्रीय सदस्य जिल्ला पदाधिकारी महानगर का पदाधिकारी र पार्टीको नेतृत्व संग समन्वय गरेर अगाडि बढ्ने बिश्वास दिलाए। उ मेरो उ अर्काकाे नभनि दक्षयता र कृयासिलताकाे आधारमा नेतृत्वमा ल्याउने बताउदै पुनले सम्पुर्ण नब निर्वाचित साथिहरुलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना ब्यक्त समेत गरे।
[
महानगर कमिटी का अध्यक्ष खगेन्द्र क्षेत्रिले सबैलाई समेटेर अगाडि बढ्नुहाेला प्रदेश कमिटी लाई आबश्यक पर्दा जस्तोसुकै भुमिका पनि निर्वाह गर्ने वचन ब्यक्त गरेकोे थिए, कार्यक्रम पाेखरा जिराे किमि स्थित न्यु ईरा पार्टी प्यालेसमा भएकाे थियाे ।
सम्बादाता – सुनिल खड्का ।।