२०८१ फाल्गुन ७ बुधबार

एमसीसीको विरोधमा सहभागी हुन अपिल!!

एमसीसीको विरोधमा सहभागी हुन अपिल!!

१०/२९ काठमाडौं-एमसीसीको विरोधमा २२ वामपन्थी दल र केही राजनीति मोर्चाले राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् । सोमबार हुने विरोध प्रदर्शनमा सहयोग र सहभागिताका लागि ती दल र मोर्चाले अपील गरेका छन् ।राजधानीको माइतीघरदेखि नयाँ वानेश्वरसम्म हुने विरोध र्‍यालीमा नेकपा माले, नेकपा (संयुक्त), नेकपा (मालेमा केन्द्र) लगायतका २२ वामपन्थी, मोर्चा, अभियान र संगठनको सहभागिता रहने पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले शनिबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
मैनालीले विरोध र्‍यालीमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा फागुन १ गते बागबजार चोकदेखि शान्तिबाटिका सम्म मसाल जुलुस समेत आयोजना गरिएको विज्ञप्तिमा जनाइएको छ ।

२०७८ माघ २९, शनिबार प्रकाशित 1 Minute 243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।