
✍️ सुनिल खड्का
राष्ट्रिय युवा संघ माछापुच्छ्रे गाउँपालिका ५, रिभानको अध्यक्षमा सुर्य थापा र युथ फोर्स मा जिवन गुरुङ चयन !!
पोखरा, फाल्गुन १ गते । राष्टिय युवा संघ नेपाल माछापुच्छ्रे गाउँपालिकाको युवा भेला आइतबार सम्पन्न भएको छ । भेलालार्ई राष्ट्रिय युवा संघका गण्डकी प्रदेश अध्यक्ष महेन्द् गुरुङ (शिव)ले उद्घाटन गरेको थिए। भेलालाई सम्वोधन गदै गुरुङले नेकपा एमाले विना देशमा विकास र समृद्धिको ढोका बन्द हुने बताउदै आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउने गरी युवाहरु लाग्नुपर्नेमा जोड दिन समेत गुरुङले बताए । साथ् साथै युवाहरुले प्रकृतिको भरिपुर्ण भएकालेे सम्पूर्ण युवाहरूलाई पेशा , व्यापार, व्यवसाय मा पनि हाेमिन जोड दिए।कार्यक्रमका प्रमुख अतिथि द्वारा सबै नव गठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए संगै देश बिकास र संबृद्धिको लागी केवल केपी ओली नेतृत्वको सरकार मात्र रहेको बताए ।जनघातिय गठबन्धियहरू संग चुनाव लड्नलाई एमाले तयार छ रास्ट्रिय युवा संघ गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङले भने ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै इन्चार्ज हरि लम्साल ले नेकपा एमाले, राष्ट्रिय युवा संघको बारेमा बृस्तृत रुप मा युवा संघ को जिम्मेवारी , झन्डा को बरेमा प्रष्ट पार्नु भए भने युवाहरुलाई पार्टी ले कुनै प्रलोभन देखाए भ्रम मा नपर्ने समेत बताए । साथै सम्पूर्ण मा बधाई ज्ञापन गर्नुभयो ।
राष्ट्रिय युवा संघ कास्की जिल्ला अध्यक्ष पान बहादुर छेत्री ले आफुले गरेका बिगतका दिनहरु सम्झिदै यहि माटो मा जन्मिए, येहि पानी खयर हुर्केका उनि अब युवाहरु एक भए हामि आउँदै गरेको चुनाब मा बहुमत लेराउन , पहिलो पार्टी बनाउन युवाहरूलाई प्रचार प्रसार मा होमिन र नब गठित टोलीलाइ सपत ग्रहण गदै भने युवा हरु ले मुठी कसेर व्यवसाय मा पनि हाेमिन जोड दिएका थिए भने सम्पूर्ण मा बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य डिल्लिराम सुवेदी ले छोटो मन्तव्य राख्दै सम्पुर्ण नब गठित टोलीलाइ बधाई , शुभकामना दिनुभएको थियो।
कार्यक्रममा नेकपा एमाले ५ को हुमलाल लामिछनेको अध्यक्षता मा सम्पन्न भएको थियो।विशेष अतिथि मा कास्की जिल्ला इन्चार्ज हरि लम्साल,केन्द्रिय सचिवालय सदस्य डिल्लिराम सुवेदी, कास्की अध्यक्ष पानबाहदुर जिसी, कास्की जिल्ला सदस्य याम बहादुर गुरुङ, दुर्गा बहादुर छेत्री , बिक्रम गुरुङ ,राम बहादुर गुरुङ , मित्रलाल अधिकारी ,माछापुच्छ्रे गाउँ पालिका वार्ड ५ अध्यक्ष जुम बहादुर गुरुङ, पोखरा वार्ड १६ युवा संघ इन्चार्ज प्रदिप गुरुङ ,आस बहादुर नेपाली ,बिमा बि.क, माछापुच्छ्रे गाउँपालिकाको पार्टी अग्रज सदस्यहरु रहेको थिए ।
राष्ट्रिय युवा संघ माछापुच्छ्रे गाउँपालिका ५, रिभानको अध्यक्षमा सुर्य थापा र युथ फोर्स मा जिवन गुरुङ चयन भए, राष्ट्रिय युवा संघ माछापुच्छ्रे गाउँपालिका ५, रिभानको अध्यक्षमा सुर्य थापा, उपाध्यक्षमा जिबन गुरुङ, सचिव मा सन्तोष पौडेल ,सह सचिब मा बिकास पुन, सुकुमाया नेपाली, कोषाधक्ष्यमा अर्जुन लामिछाने गरि २५ सदस्य गठन भएको छ भने युथ फोर्स मा जिवन गुरुङको सम्योजक र सहसम्योजक अर्जुन लामिछाने सहित ४५ सदस्य सर्बसम्मत चयन भएका छन।
उक्त कार्यक्रम संचालक भरत राज अधिकारी ले गर्नुभयो भने आयोजक नेकपा एमाले ५ ले गरेको थियो।