२०८१ चैत्र ८ शुक्रबार

महाअभियोग बिरुद्ध एमालेले निर्णय गर्ने!!

महाअभियोग बिरुद्ध एमालेले निर्णय गर्ने

 

११/०२ काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार साँझ बसेको सचिवालय बैठकले राजनीतिक, कानुनी वा संसदीय प्रक्रियाबाट कसरी प्रतिवाद गर्ने भन्ने विषयमा कुनै निष्कर्ष निकालेको छैन ।वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिवादको प्रकृतिका विषयमा सोमबार संसदीय दल बैठकमा छलफल हुने बताए । ‘प्रतिवाद गर्छौं भनिसकेपछि त्यसमा विभिन्न विषय हुन सक्छन्, राजनीतिक, कानुनी या संसद्भित्रको प्रक्रियाका कुरा हुन सक्छन्, त्यसमा संसदीय दल बैठकमा छलफल गर्छौं किनभने दलको नेता पार्टी अध्यक्ष हुनुहुन्छ,’ उनले भने । उनले यसबारे थप खुलाएनन् ।सचिवालयका एक सदस्यले प्रतिनिधिसभा विघटनको विपक्षमा फैसला गर्ने सर्वोच्च अदालतका थप चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव पनि हुन सक्ने बताए । ‘अहिले सत्तारूढ दलले चालेको कदमको प्रतिवाद नहुने हो भने त्यसले पार्टीलाई क्षति पुर्‍याउँछ भन्ने निष्कर्ष हो,’ ती सदस्यले भने, ‘भोलि केही काउन्टर प्रस्ताव आउँछ, त्यो चार न्यायाधीशविरुद्धको महाअभियोग पनि हुन सक्छ ।’ यसअघि अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन बदरको फैसला गर्ने सबै न्यायाधीशले अदालत छाड्नुपर्ने बताएका थिए । कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपर्ने माग गरिरहँदा एमालेका कतिपय नेताहरूले काउन्टर प्रस्ताव आउने यसअघि नै बताएका थिए ।

२०७८ फाल्गुन २, सोमबार प्रकाशित 1 Minute 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार