२०८१ बैशाख १३ बिहीबार

अ.ने.म.संघ पोखरा-८ मा राधिका गिरि को अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन!! (फाेटाे सहित)

अ.ने.म.संघ पोखरा-८ मा राधिका गिरि को अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन ।

✍️ सुनिल खड्का

अ.ने.म.संघ पोखरा-८ मा राधिका गिरि को अध्यक्षतामा ४१ सदस्य कमिटी गठन । कार्यक्रम मा प्रमुख अतिथिको रुपमा पोखरा महानगरपालिकाका उप-प्रमुख एवं नेकपा एमाले केन्द्रिय सदस्य , अनेम संघ कास्कीका ईन्चार्ज श्री मंजुदेवी गुरुङ रहेका थिए भने बिशेष अथितिमा श्री शुशीला पराजुली (गण्डकी प्रदेश सदस्य ,अ.ने.म.संघ कास्की जिल्ला अध्यक्ष ), श्री राजकुमारी भुजेल ( जिल्ला कमिटी सदस्य ,अ.ने.म.संघ पोखरा जिल्ला महानगर अध्यक्ष) , श्री रामु गुरुङ (जिल्ला कमिटी सद्स्य ), पर्सुराम बराल( जिल्ला कमिटी सदस्य), दिल कुमारी पौडेल( जिल्ला कमिटी सदस्य), रुद्र्नाथ बराल वार्ड (८ अध्यक्ष , महानगर सदस्य ),किरण गौतम ( वार्ड सदस्य ,महानगर सदस्य )  अर्जुन श्रेष्ठ (पोखरा-८ नेकपा एमाले अध्यक्ष ), कमला देवी गिरि ( पोखरा-८ नेकपा एमाले उपाध्यक्ष ) दिपक घिमिरे (पोखरा-८ नेकपा एमाले सचिव ), गोविन्द बराल (पोखरा-८ नेकपा एमाले उपसचिव) रहनु भएको थियो।

उक्त सम्मेलन बाट श्री राधिका गिरि सर्वसम्मत अध्यक्ष भईन भने उपाध्यक्ष मा रिना थापा , सचिबमा पबित्रा के सि र कोषाधयक्षमा अमृता गिरि  गरि बाकी भूगोल र समावेसीताको आधारमा बढीमा ४१ सदस्यीय रहने गरी २९ सदस्यीय अनेम संघ कमिटी गठन गरि सम्पन्न भएको छ ।सम्पूर्ण कमिटि सर्वसम्मत निर्वाचित भएकाे थियाे।

कार्यक्रममा प्रमुख अथिति र विशेष अथितिहरुले सम्पुर्ण नवगठित कमिटी लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियोे ।

कार्यक्रम संचालन अनेम संघका सचीव कमला गिरिले गर्नु भएको थियो ।।

२०७८ फाल्गुन ५, बिहीबार प्रकाशित 1 Minute 449 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार