
काठमाडौँ, ६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
आज १ बजेदेखी शुरु भएको बैठकमा एमाले नारावाजी गर्दै अवरुद्ध गरेको छ । एमालेले गैरसांसदलाई प्रवेश निषेध गर, संसदीय मर्यादा कायम गर, पक्षपात पूर्ण व्यवहार बन्द गर, संवैधानिक सर्वोच्चता कायम गर, पदीय मर्यदा कायम गर, पार्टी फुटाउन षड्यन्त्र मुर्दावादलगायतका नाराहरु लगाएको छ ।
सभामुख अग्नी प्रसाद सापकोटाले एमालेले कारवाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई सूचना नटासी संसदमा प्रवेश गर्न दिएको भन्दै संसद अवरुद्ध गर्दै आएको हो । माधव नेपालले हाल नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गर्नुभएको छ ।
एमालेका विरोधका बिच पनि समाभुखले सभा सञ्चालन गर्नुभएको छ । कानुन, न्याय तथा संसदीय मन्त्री दिलेन्द्र बडुले आदिवासी जनजाती आयोगको प्रतिवेदन पेश गर्नुभएको छ । त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक फागुन ८ गते दिनको १ बजे बस्ने गरी स्थगित गरिएको घोषणा गर्नुभयो ।