
- ✍️किरण भण्डारी
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र युर्थ फोर्स पोखरा १८ को आज प्रथम संयुक्त बैठक सम्पन्न भएको छ।

राष्ट्रिय युवा संघ सराङ्कोटका अध्यक्ष धन पुनले अध्यक्षता गरेको उक्त कार्यक्रम राष्ट्रिय युवा संघका सराङ्कोटका सचिव झपिन्द्र भुजेलले संञ्चालन गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा नं १८ अध्यक्ष रण बहादुर थापा विशेष अतिथी , कास्की जिल्ला राष्ट्रिय युवा संघ इन्चार्ज हरी लम्साल , जिल्ला संयोजक पान बाहादुर जिसी,संचारकर्मि बिश्व पाटिका महाप्रबन्धक सुनिल खड्का । अतिथीहरुमा पाटी नगर कमिटी सदस्य भोजकुमारी थापा , वडा कमिटी अध्यक्ष पुस्कल थापा , सचिव शालिकराम तिमिल्सिना , सहसचिव रमेश थापा , सचिवालय सदस्य प्रेम प्रसाद तिमिल्सिना आदीको उपस्थिती रहेकोे थियो ।
उक्त कार्यक्रममा युर्थ फोर्स अध्यक्ष मदनमणी तिमिल्सीनाले स्वागत मन्तव्य राखेका थिए। अतिथीहरुले आसन निर्वाचनलाई मध्यनजर गर्दै युवाहरुले पाटीसँग सहकार्य गर्दै एक ढिका भै लाग्नु पर्ने जोड दिए। प्रमुख अतिथी रण बाहादुर थापाले वैचारिक , राजनैतिक , भौतिक , आर्थिक तथा प्रशिक्षण का माध्यम बाट मनोवैज्ञानिक रुपले अर्गज कमरेडहरुले साथ र सहकार्य गर्दै अगाडि बढनु पर्ने बताए ।टोल कमिटीहरु गठन गर्दै एक टोल एक नयाँ कार्यक्रम गर्ने साथै आसन निर्वाचनमा आफ्नो भुगोल अनुसार सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई सर्कुरल गरेको जानकारी मदन तिमिल्सिनाले विश्व पाटीलाई बताए।
⇓