२०८१ फाल्गुन ६ मंगलवार

कतै तपाईँले नक्कली लाइसेन्स बाेकिरहनुभएकाे त छैन, अब ठाउँकाे ठाउँ जाँच हुन्छ!!

काठमाण्डाै – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली हो वा नक्कली हो भनेर फिल्ड (ठाउँकाे ठाउँ) मै जाँच गर्न सक्ने व्यवस्था सुरु गरेको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र जाँच गर्ने मोबाइल एप्स विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई आज साेमवार हस्तान्तरण गरेपछि अब ट्राफिक प्रहरीले फिल्डमै जाँच गर्न सक्ने भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली र सक्कली छुट्याउन सकिने बताउनुभयो ।

मोबाइल एप्स हस्तान्तरण कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले यसअघि प्रविधि अभावमा शङ्कास्पद लाइसेन्स जाँचका लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब त्यसको अन्त्य भएको बताउनुभयो ।

ट्राफिक प्रहरीहरूको मोबाइलमा राखिने एप्सले क्यूआर स्क्यान गरी लाइसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने व्यवस्था छ ।

 

२०७८ फाल्गुन १०, मंगलवार प्रकाशित 1 Minute 276 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।