२०८१ बैशाख ७ शुक्रबार

वास्तविक धरातलमा टेकेर बिकास सँगै राजनीति गर्नुपर्ने नेकपा एमाले!!

जनतासँग नेकपा एमाले नाराका साथ आज मंगलबार तेस्रो दिनको कार्यक्रम नेकपा एमालेले गोठादि टोलमा सम्पन्न गरेको छ । नेकपा एमाले वडा पार्टी कमिटी का अध्यक्ष पुश्कल बाहादुर थापा को अध्यक्षतामा भएको कार्यक्रम सचिब शालिकराम तिमिल्सिनाले सञ्चालन गरेका थिए। उत्त कार्यक्रम का प्रमुख अथिती पार्टी का पुर्ब उपाध्यक्ष तथा जनप्रतिनिधि ज्ञान बाहादुर थापा , विशेष अथिती पोखरा नगर कमिटी का सदस्य तथा १८ का जनप्रतिनिधि भोज कुमारी थापा रहेका थिए । उत्त कार्यक्रममा अथिती को रुपमा क्रमशः रमेश थापा बेल बाहादुर थापा सरला नेपाली बेल बाहादुर खड्का सुनिल थापा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य सुशील जि सि सन्दीप थापामगर गणेश गिरि भरत खड्का मिना नेपाली बिरेन्द्र बानिया युबा सघ का अध्यक्ष धन पुन र टोल इन्चार्ज राजेन्द्र थापामगर समाजसेबी टिकाराम पाहारी लगायत नेता कार्यकर्ताहरु सहित उल्लेख्य संख्या मा स्थानियबासिको उपस्थिति रहेको थियो ।कार्यक्रम मा स्वागत मन्तव्य राख्दै नगर कमिटी का सदस्य तथा जनप्रतिनिधि भोज कुमारी थापाले वास्तविक धरातल मा टेकेर बिकास सँगै राजनीति अघि बढाउनु पर्ने र जनता ले पनि बिकास मा कुन दलले कति भुमिका खेलेको छ त्यस्को मुल्यांकन गर्नुपर्ने धारणा राखिन् । प्रमुख अथिती ज्ञान बहादुर थापा ले बिगत मा भयगरेका बिकास निर्माण र अबगर्नुपर्ने काम बारे चर्चा गरे ।


उक्त भेलाले गणेश बानिया को अध्यक्षता मा गोठादि टोल कमिटी गठन गरेको बाताए । बेल ब थापा ले निबाचित कमिटी लाई बधाई सहित सफत ग्रहण गराएका थिए। उक्त भेला को समापन गर्दै कार्यक्रम को अध्यक्षता गरिरहेका तथा नेकपा एमाले पोखरा १८ का पार्टी अध्यक्ष पुश्कल बाहादुर थापाले बिकास को अर्को नाम ने क पा एमाले रहेको बताउदै जनताको हरेक समस्या मा सदैब तयार रहेको र आबश्यक पर्दा सम्पर्क गर्नुहुन अनुरोध गर्दै आफुहरुले गर्दै आएका कार्यक्रमहरुको विवरण समाचार को रूपमा जनतामाझ पुर्याउनुभएकोमा गज्जेक्ट . कम र बिश्वपाटी .कम लाई धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि साथ र सहकार्यको अपेक्षा गरेको बताए ।

२०७८ फाल्गुन १०, मंगलवार प्रकाशित 0 Minutes 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार