२०८१ बैशाख ७ शुक्रबार

तीन दलको बैठक सकेर प्रचण्ड बालुवाटारमा!!

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

तीन दलका शीर्ष नेताको बैठक सकेर प्रचण्ड देउवालाई भेट्न गएका हुन् । एमसिसीका सम्बन्धमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका नेताबी सिंहदरबारमा छलफल भएको थियो ।

त्यसपछि प्रचण्ड प्रधानमन्त्री निवास गएका हुन् । प्रचण्डले देउवालाई तीन दलीय बैठकको विषयमा जानकारी गराएको बुझिएको छ ।

एमसिसी संसदमा पेश भएपछि सत्ता गठबन्धनमा गम्भीर दरार आएको छ । माओवादी र एकीकृत समाजवादीले एमसिसीको विपक्षमा उभिने बताएका छन् । कांग्रेस भने पारित गर्ने पक्षमा छन् ।

एमसिसीमाथि संसदमा बिहीबारदेखि छलफल सुरु हुँदैछ।

२०७८ फाल्गुन १२, बिहीबार प्रकाशित 0 Minutes 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार