
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबफच अहिले छलफल भइरहेको छ ।
अमेरिकी सहयोग एमसीसी परियोजनाविरुद्ध बानेश्वरमा प्रदर्शन भइरहँदा दुई नेताबीच छलफल भइरहेको छ ।
सरकारले नै सहमतिका लागि भन्दै प्रतिनिधिसभा रोक्न आग्रह गरेपछि बैठक स्थगित गरिएपछि ओली संसद भवन पुगेका थिए ।
देउवाले सत्तारुढ गठबन्धनमा एमसीसीका लागि सहमति जुटाउन नसक्दा एमालेको सहयोगका लागि अनुरोध गरिरहेका छन् ।
देउवाले ओलीसँग भेट्दै सहयोगका लागि अनुरोध समेत गरेका छन् । यस्तै, बालुवाटारमा नै ओली र देउवाबीच वार्ता भइसकेको छ ।
एमालेले भने पहिला सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने भन्दै देउवासँग माग अघि सारेका छन्.।