नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन (अनेरास्ववियु) पोखरा महानगर पालिका कमिटी द्वारा पोखरा महानगर भित्रका बिद्यालय बिच खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही आऊदो फागुन १९ गते बिहिबार का दिन शहीद चोक बाट आयोजना हुन लागेको उक्त प्रतियोगिता बिहानको ठीक ७ः३० बजे बाट सुरु हुने बताईएको छ ।
अनेरास्ववियु पोखरा महानगर कमिटीको आऊदो प्रथम सम्मेलनको अवसरमा महानगरपालिका अन्तर्गत रहेका निजि तथा सरकारी माध्यमिक बिद्यालय (कक्षा १-१०) का विद्यार्थीहरु ले सहभागिता जनाउन पाउने छन । उक्त प्रतियोगिताको पुरस्कार राशि भने निम्न अनुसार रहेको छ ।
प्रथम पुरस्कार : नगद पाँच हजार सहित प्रमाणपत्र
दितिय पुरस्कारः नगद तीन हजार सहित प्रमाणपत्र र
तृतीय पुरस्कारः नगद एक हजार सहित प्रमाणपत्र रहेको छ ।
“अनेरास्ववियु पोखरा महानगर केवल राजनैतिक मुद्दा मात्र नबोकि समाज भित्रको शिक्षा, खेलकुद, स्वास्थ्य, नेतृत्व अनी व्यक्तित्व बिकासमा समेत काम गर्दै आएको संगठन हो आम युवा बिद्यार्थीहरूको मन र मस्तिष्कमा बस्न सफल महानगर कमिटीले आयोजना गर्न लागेको यस कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्नका निम्ति महानगर भित्रका सबै बिद्यालय, आम बिद्यार्थी, युवा, सामाजिक सरोकारवाला सबै प्रति साथ र सहयोगको अपेच्छा राखेका छौ” पोखरा महानगर पालिका कमिटी संयोजक बिनोद भण्डारीले बताए ।
यस अघी महानगर कमिटीले बिभिन्न कार्यक्रमहरू आयोजना गरिसकेको छ, हाजिरी जवाफ प्रतियोगिता, सहयोग कार्यक्रम जस्ता शैक्षिक अनी सामाजिक कामहरू गर्दै आइरहेको छ । आगामी दिनहरूमा समेत यस्तै खालका कार्यक्रमहरुको आयोजना गरिने बताइएको छ ।
देशकै ठुलो महानगर पालिका पोखरा महानगर पालिकामा हज़ारौ बिद्यार्थीहरू अध्यनरत छन, सबैप्रति लक्षित गर्दै भोलीका दिनमा बिद्यार्थिले आफ्नो बिद्यालय स्तरको पढ़ाई सके पछी पनी उपलब्धि मुलक सिप र दक्षताको बिकासको निम्ति बिभिन्न संघ, संस्था तथा सरकारी निकायहरू संग समन्वय गरिरहेको महानगर कमिटि सह-संयोजक डि एन लामिछानेले बताए साथै यस प्रतियोगिताले बिद्यार्थीमा खेलकुद अनी स्वास्थ्य सबैभंदा ठुलो सम्पति हो भन्ने संदेश समेत जाने बताए ।