२०७९ चैत्र १८ शनिबार

एमसीसी पारित भएपछि बोल्यो उत्तरी छिमेकी चीन, दियो अहिलेसम्मकै कडा प्रतिक्रिया!!

एमसीसी पारित भएपछि बोल्यो उत्तरी छिमेकी चीन, दियो अहिलेसम्मकै कडा प्रतिक्रिया

काठमाडौं । लामो समयको विवाद र किचलोका विच नेपालको संसदबाट विवादित अमेरिकी सहयोग परियोजना एमसीसी पारित भए पछि छिमेकी मूलुक चिनले मुख खोलेको छ ।एमसीसी पारित भए पछि अमेरिकाले तत्कालै विज्ञप्ती जारी गरेर स्वागत गरेको थियो भने चिनले पनि यस बिषयमा खरो प्रतिक्रिया दिएको छ । यस अघि पनि एमसीसीको बिषयमा दुई पटक बोलिसकेको चिनले यस पटक भने फरक खालको प्रतिक्रिया दिएको छ ।नेपालको संसदबाट एमसीसी पारित भएको बिषयमा चिनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ। यस अघि अमेरिकाले नेपालमा धम्की कुटनिती सुरु गरेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको चिनले एमसीसीलाई प्यान्डोराज बक्सको संज्ञा दिएको थियो भने एमसीसी पारित भए पछि यसलाई नोटिसमा राखेको भनेको छ ।सोमबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैंझैं नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताए।

२०७८ फाल्गुन १६, सोमबार प्रकाशित 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।