
काठमाडौं । प्रतिनिधिसभाको बैठक छोटो समय बसेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८’ पेश गरेका छन्।बैठक करिब ७ मिनेट बसेपछि अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेगरि सकिएको सभामुख अग्निप्रसाद सापकोटाले जनाएका छन्।
आज पनि बैठक सुरू हुनासाथ एमाले सांसदले नाराबाजी गरेर विरोध कायमै राखे ।