२०८० मंसिर २४ आईतवार

संसद भवन अगाडि नक्कली ‘प्रेसर कुकर बम’ राख्ने व्यक्ति पक्राउ!!

नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा नक्कली प्रेसरकुकर बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।अनेरास्ववियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष काभ्रेको भुम्लु गाउँपालिका२ घर भई हाल चावाहिल बस्ने २१ वर्षीय सुवास महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। 

गत आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएको थियो सोही विरोधमा छ दल र दुई मोर्चाले सोमबार बन्द आह्वान गरेका थिए। त्यही दिन संसद भवन अगाडि सडकमा तारले जेलिएको अवस्थामा प्रेसर कुकर फेला परेको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान गर्दा सिसीक्यामेरा फुटेजमा मोटरसाइकलमा सवार दुई युवकले प्रेसरकुकर छाडेर गएको देखिएको अपराध महाशाखाले उल्लेख गरेको छ। उक्त घटनामा प्रयोग गरेको मोटरसाईकलसहित मिति काठमाडौंस्थित गौशालाबाट पक्राउ गरी थप आवश्यक अनुसन्धान भैईरहेको महाशाखाले जनाएको छ।

२०७८ फाल्गुन १८, बुधबार प्रकाशित 0 Minutes 296 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार