
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी दोस्रो हुने रिपोर्टिङ भएको थाहा पाएको बताएका छन्।
दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहिलो काङ्ग्रेस हुने र दोस्रोमा माओवादी हुने आकलन भएको आफूले सूचना पाएको बताए।
पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ, दोस्रोमा माओवादी केन्द्र छ तर हामी पहिलो दल बन्नु पर्छ, त्यो संभावना छ, प्रचण्डले बने।
संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ गाउँ पुगिसकेकोले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था रहेको प्रचण्डले बताए।
संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ गाउँ पुगिसकेकोले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था रहेको प्रचण्डले बताए।
शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अहिलेसम्मको राजनीतिक परिस्थितिमा सबैभन्दा पहिले रिपोर्टिङ गरिरहेका छन्।