
सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा भंग गरेर ‘अर्ली इलेक्सन’ गर्नेबारे छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद्को जारी अवरोध खुलाउन सकरात्मक नभए भन्दै गठबन्धनमा आबद्ध ४ दलबीच त्यस किसिमको छलफल भएको हो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुने क्रममा संसद् भवन बाहिर पत्रकारहरुसँग प्रतिक्रिया दिँदै एमालेका कारण यस्तो निष्कर्षमा पुगिएको बताएका थिए।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन बैठकमा प्रतिनिधिसभा निर्वाचन अघि सार्ने अभिव्यक्ति नेताहरुबाट आए पनि गम्भीर ढंगबाट छलफल नभएको बताए । “स्थानीय तहको निर्वाचनअघि प्रतिनिधिसभा निर्वाचन हुन्छ भन्ने लाग्दैन, यस विषयमा औपचारिक रुपमा एजेन्डा बनाएरै छलफल भएको छैन,” उनले भने ।
एमालेले गत भदौदेखि संसद् अवरोध गर्दै आएको छ । एमाले पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले मुख्य भूमिका खेलेको भन्दै सभामुखको बहिर्गमन या माधवकुमार नेपालसहित आफूले कारबाही गरेका १४ सांसद्को पदमुक्तिको सूचना टाँस गर्नुपर्ने माग गर्दै आइरहेको छ।यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत संसद्को गतिरोध अन्त्य गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। तर, एमाले अध्यक्ष ओलीले आफ्ना माग पूरा नभएसम्म संसद्को अवरोध जारी गर्ने बताएका छन्।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत संसद्को गतिरोध अन्त्य गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। तर, एमाले अध्यक्ष ओलीले आफ्ना माग पूरा नभएसम्म संसद्को अवरोध जारी गर्ने बताएका छन्।
सर्वोच्चले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा गरेको विघटना फागुन ११ मा र २०७८ जेठ २ मा गरेको विघटन असार २८ मा बदर गरेर प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो।