२०८१ मंसिर २८ शुक्रबार

नेकपा एमाले पोखरा-८, शुरुआतमा इन्द्रपुरी , एअरर्पोट र ज्ञानकुन्ज गरि ३ वटा क्षेत्र टोल कमिटी गठन सप्पन्न ।(फाेटाेसिहत)

नेकपा एमाले वडा पार्टी कमिटी पोखरा-८ मा टोल कमिटी गठन कार्यक्रम २०७८ मा दिनेश कुमार पोख्रेलको अध्यक्षमा २१ सदस्य “एअरपोर्ट ज्ञानकुञ्ज ईन्द्रपुरी” टोल कमिटी गठन ।

 

नेकपा एमाले वडा पार्टी कमिटी पोखरा ८ का अध्यक्ष श्री अर्जुन श्रेष्ठको अध्यक्षतामा एअरपोर्ट ज्ञानकुञ्ज ईन्द्रपुरी टोल कमिटी पोखरा-८ सम्पन्न भएकाे थियो ।

 

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य नरेन्द्र मित्रकोटी रहनु भएको थियो । परमादेशी सरकारले चुनाब नगराउन अनेक किसिमको भ्रम पैदा गरी अहिलो हरियो मतपत्रको हौवा जनमानसमा फैलाएको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य बिशेष अथाति ध्रुबराज पौडेल, कास्की जिल्ला कमिटी सदस्य एवं पोखरा ८ का ईन्चार्ज . परशुराम बराल रहेका थिए भने नेपाल कम्युनिस्ट पार्टी एमाले जि.क.स. एवं सह-इन्चार्ज रामु गुरुङ,  डिल कु पौडेल भने पोखरा महानगर कमिटी सचिवालय सदस्य क. चेतन कार्की, पोखरा महानगर कमिटी वडा न ८ का अध्यक्ष एवं ईन्चार्ज  रुद्रनाथ बराल , महानगर सद्स्य एवं सह-इन्चार्ज किरण गौतम, विशेष अतिथिमा नरहरी बराल, अनेमसंघ पोखरा ८ का अध्यक्ष  राधिका गिरी, भने अथितिमा वार्ड कमिटी ८ उपाध्यक्षक. कमला गिरि, उपसचिव गोविन्द बराल ,  गिरधारी अधिकारी, राष्ट्रिय युवा संघ वार्ड ८ अध्यक्ष सन्जिब बराल , उपाध्यक्ष सुनिल खड्का रहनु भएको थियो ।

उक्त कार्यक्रममा स्वागत  मन्तव्य वार्ड कमिटी उपाध्यक्ष कमला गिरि ले गर्नुभयेको थियोे !

कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र मित्रकोटि द्धारा सबै नवगठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए ।

 

साथै सम्पूर्ण टोल कमिटी बाट गठित पदाधिकारीहरुलाई वडा कमिटीका अध्यक्ष अर्जुन श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराउदै सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नव निर्वाचित टोल कमिटी अध्यक्ष  दिनेश कुमार पोख्रेलले आफ्नो प्रतिबद्धता सहित सबैको सहयोगमा एक नम्वरको पार्टी बनाउन हरपल लाग्न बताउनु भयो । सो कार्यक्रमको संचालन वडा पार्टी कमिटी ८ का सचिब  दिपक घिमिरेले गर्नु भएको थियो ।

२०७८ फाल्गुन २६, बिहीबार प्रकाशित 1 Minute 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।