२०८१ बैशाख १४ शुक्रबार

नेकपा एमाले पोखरा ८ को टोल कमिटी बिस्तारको कार्य तिब्र।(फाेटाे फिचर सहित)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी -८ को त्रिशक्ति टोल र श्री राम टोलमा निम्न बमोजिमको पदाधिकारी सहित सरिता रेग्मीको अध्यक्षतामा २१ जना सदस्य सहित गर्ने गरि कार्य सम्पन्न भएको छ ।


शुभकामना मन्तव्य उपाध्यक्ष  कमला गिरि ले गर्नु भएको थियो र चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए संगै देश बिकास र संबृद्धिको लागी केवल केपी ओली नेतृत्वको सरकार मात्र रहेको बताए ।सम्पुर्ण नब गठत कमिटी मा आउनु हुने सम्पूर्ण मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य नरेन्द्र अमृता अर्यालको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता भने वार्ड कमिटी अध्यक्ष अर्जुन श्रेष्ठ गरेका थिए।विशेष अथितिमा जिल्ला कमिटी सदस्य जिल्ला कमिटी सदस्य पर्सुराम बराल, रामु गुरुङ ,डिल कु पौडेल भने महानगर सदस्य ,वडा न८ का अध्यक्ष रुद्रनाथ बराल रहनु भएकोे थियो भने उहाँले आफ्नो पार्टीका उम्मेद्बार सबैलाई भारी बहुमतका साथ जिताउन समेत अाग्रह गरे।

अथिति मा वार्ड उपाध्यक्ष कमला गिरि , उपसचिव गोविन्द बराल , दान गुरुङ , राष्ट्रिय युवा संघ वार्ड ८ अध्यक्ष सन्जिब बराल , उपाध्यक्ष सुनिल खड्का र सचिब किरण भण्डारी रहनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अमृता अर्याल द्वारा सबै नव गठित टोल कमिटीबाट चयन हुनुहुने सबैप्रति बधाई सहित नेकपा एमालेलाई आऊदो चुनावमा पहिलो पार्टी बनाउनका लागी सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए ।


साथै सम्पूर्ण टोल कमिटी बाट गठित पदाधिकारीहरुलाई वडा कमिटीका अध्यक्ष अर्जुन श्रेष्ठ ले पद तथा गोपनीयताको शपथ ग्रहण साथै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा सरिता रेग्मी को सम्योजक मा २१ सदस्य त्रिशक्ति टोल गठन भएको छ ।



उक्त कार्यक्रम संचालक पार्टी सचिब दिपक घिमिरे ले गर्नुभएको थियो।

२०७८ फाल्गुन २८, शनिबार प्रकाशित 1 Minute 310 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार