२०८० चैत्र १६ शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर्न विवेकशील साझा युवा सङ्गठन कास्कीको चेतावनी ।

✒️ सुनिल खड़का, कास्की ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि तत्काल फिर्ता गर्न विवेकशील शाझा युवा सङ्गठन कास्कीले वर्तमान सरकारलाइ चेतावनी दिएको छ। विवेकशील साझा युवा संगठन कास्किका संयोजक बिजय पराजुलीले आफ़नो सामाजिक संजाल फ़ेसबुक मार्फ़त पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर भन्ने विसयलाई लीएर प्रेस बिज्ञप्ति जारी गरेका छन ।

प्रेस विज्ञप्ति
पेट्रोलियम पदार्थको मूल्य वृद्धि तुरुन्त फिर्ता गर्।
(प्रकाशन तथा प्रशारण को लागि आग्रह सहित)
विश्व माहामारीको रुपमा फैलिएको कोभिड १९ को दोस्रो लहर र लामो समय लकडाऊन(बन्दाबन्दि) को कारण नेपाली जनता को आर्थिक अवस्था तथा दैनिक जिवनयापन निकै कष्टकर बन्दै गएको छ। यस विषम परिस्थितिमा पनि नेपाल सरकार/नेपाल आयल निगम लिमिटेड ले पछिल्लो पटक ६ जुलाई २०२१ अर्थात् २०७८ असार २२ गते राति १२ बजे देखि लागु हुने गरी पेट्रोलियम पदार्थ को मुल्य बृद्धि गरेको छ। साबिक मुल्य मा २ रुपैयाँ बृद्धि गरि पेट्रोल रु.१२९, डिजेल तथा मट्टितेल रु.११२ प्रति लिटर पुर्याएको गैरजिम्मेवारि सरकार को निणर्य प्रति विवेकशील शाझा युवा सङ्गठन घोर भ्रत्सना गर्दछ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु भनेको कुनै पनि समान ढुवानी मा लाग्ने खर्च बृद्धि भई अन्ततः सम्पुर्ण उपभोग्य वस्तुको बजार मुल्य बृद्धि हुनु हो। यस्तो कोरोना माहामारीको भयावह अवस्थामा पनि दैनिक उपभोग्य वस्तु को मुल्य बृद्धि हुदा नेपाल सरकार ले जनताको दुखि रहेको घाउमा मल्हम लगाउनुको सट्टा नुनपीरो छर्कने काम प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।
यस विषम परिस्थितिमा जनताको पक्षमा स्वास्थ्य तथा आधारभूत आवश्यकता परिपूर्ति गराउनु राज्यको प्रमुख दायित्व हो।तर विडम्बना सँधै राज्यबाट यसरी नै जनताको ढाड सेक्ने गरी मुल्य बृद्धि गराउनु भनेको लोकतन्त्र माथि खतराको घन्टी बज्नु हो । त्यसकारण सरकारले असार २२ गते राति १२ बजे बाट लागु हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धि तत्काल फिर्ता गरि सर्वसुलभ मुल्यमा बिक्री वितरण को लागि विवेकशील शाझा युवा सङ्गठन जोडदार माग गर्दछ।।
यदि राज्यले यस्तो बन्दाबन्दि (लकडाऊन) तथा माहामारीको विषम परिस्थितिमा पनि महंगी बढाउने र जनताको ढाड सेक्ने गरि गरेको निर्णय फिर्ता गर्दैन र जनतालाई पिडा माथि पिडा दिने काम निरन्तर गर्छ भने विवेकशील शाझा युवा सङ्गठन सरकारको विरुद्धमा निर्णायक संघर्ष गर्न पनि बाध्य हुनेछ।

कास्की जिल्ला संयोजक
विजय पराजुली

२०७८ असार २५, शुक्रबार प्रकाशित 0 Minutes 529 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार